हावाहुरीका कारण पश्चिमी न्युयोर्कमा बिजुलीका पोल ढले, ३१ सय घर अन्धकार


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

आइतबार रातीदेखि सुरु भएको हावाहुरीका कारण विजुलीका पोल ढल्दा पश्चिमी न्युयोर्कका कैयन भाग अन्धकार भएका छन् । मुनरो काउन्टी क्षेत्रमा बिजुलीका पोल र रुखहरु ढलेको खबर छ ।

त्यसक्षेत्रमा कम्तीमा पनि ३१ सय आरजीएण्डईका ग्राहकहरु विद्युतविहिन भएका थिए । बेलुका सबा ८ बजेसम्म भने कैयन घरमा विद्युत आपूर्ति सुचारु भएको जनाइएको छ ।

विद्युत आपूर्ति कम्पनीले मर्मतका लागि क्यानडा, पेन्सिलभेनिया र मासाचुसेट्सबाट २ हजार भन्दा धेरै कर्मचारीहरु झिकाएर काममा लगाइरहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com