न्युयोर्कमा हावाहुरीको तीब्र बेग सुरु भइसकेको छ । आइतबार राती १० बजे १८ माइल प्रतिघण्टा पुगिसकेको हावाहुरी सोमबार विहान ८ बजेसम्म कम्तीमा २६ माइल प्रतिघण्टा पुग्ने मौषमविदहरुले चेतावनी दिएका छन् ।
सोमबारविहान ८ बजेदेखि दिउसो २ बजेसम्म सबैभन्दा धेरै हावाहुरी चल्ने मौषमविदहरुको अनुमान रहेको छ । यो अवधिमा न्युयोर्क सिटीमा ३० माइल प्रतिघण्टाको बेगले हावाहुरी चल्ने अनुमान गरिएको छ । त्यसैले सकभर यो अवधिमा घरबाहिर ननिस्कनु उपयुक्त हुनेछ ।
सोमबार बेलुका ६ बजेपछि भने हावाको वेग केही कम हुने अनुमान गरिएको छ । तर ६ बजेसम्म न्युयोर्क सिटीमा २० माइल प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
न्युयोर्कको अपस्टेटमा शक्तिशाली हावाहुरी सुरु भइसकेको छ । पश्चिमबाट प्रतिघण्टा ४० माइलको गतिमा हावाहुरी चलिरहेको छ ।
लेक ओन्टारियोमा २८ फिटसम्मको तरंग उत्पन्न हुँदा त्यसक्षेत्रमा बाढी समेत आउने खतरा रहेको छ ।
सोमबार न्युयोर्कको तापक्रमपनि माइनस ४ डिग्री सेलिसयससम्म हुने अनुमान गरिएको छ । मंगलबार माइनस ६ डिग्री सेल्सियसहुँदै यो साताभरी नै अत्याधिक चिसो हुने अनुमान गरिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।