पोर्चुगलमा नेपाल महोत्सव (फोटो फिचर )


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

पोर्चुगलको अल्बुफेरामा नेपाल महोत्सव सम्पन्न भएको छ ।

गैर आवाशीय नेपाली सँघ, क्षेत्रिय समन्वय समिति, अल्गार्भ पोर्तुगलद्धारा पोर्तुगलको अल्बुफेरामा आयोजित नेपाल महोत्सवमा हजारौको सहभागिता रहेको थियो ।

महोत्सवको शुरुमा नेपाली पञ्चेबाजा तथा नेपाली विभिन्न भेषभुषा सहित हजारौंको संख्यामा झाँकी प्रर्दशन गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अल्गार्भको अल्बुफेरा नगरपालिका बाट शूरु गरिएको झाँकी जुलुस अल्बुफेराको मुख्य पर्यटकीय शहरको परिक्रमा गर्दे कार्यक्रम स्थलमा गएर सभामा परिणत भएको थियो ।

कार्यक्रम स्थलमा नेपाली खाना, विभिन्न परिकारहरु तथा पोशाक, हेन्डीक्राफ्ट लगायतका करिव आधादर्जन स्टलहरु राखिएका थिए ।

महोत्सवमा पोर्चुगलका लागि नेपालका महावाणिज्यदुत मकर बहादुर हमाल, पोर्चुगल कामेरा नगरपालिका प्रेसिडेन्ट, पोर्चुगलका लागि पर्यटन दुत रमेश गुरुङ्ग,गैर आवाशीय नेपाली सँघ पोर्चुगलका अध्यक्ष कुवेर कार्की लगायतको उपस्थिती रहेको थियो ।

महोत्सवमा औपचारिक कार्यक्रम सकिए लगत्तै विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।महोत्सवको अध्यक्षता आयोजक समितीका अध्यक्ष अनिल शर्माले गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com