ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?
प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

सुनको मूल्य आज आईतबार ह्वात्तै घटेको छ। गत बुधबार सुनको मूल्य एकै पटक ६ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा सात सयले घटेको छ ।
आज आईतबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि छापावाल सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ७७५ रुपैयाँमा कारोबार भइरहेको छ।