एउटै विद्यालयक ३७ विद्यार्थी एकैचोटी बिरामी


प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार

आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढन आएका विद्यार्थीहरु ठूलो संख्यामा एकैपटक बिरामी परेका छन्। पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन् ।

आइतबार बिहान विद्ययालय आएर प्रार्थनाका लागि लाइन लागेका बेला टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका छन् ।

प्रधानाध्यापक सेनकाअनुसार विद्यालय आएका २७९ जना विद्यार्थी मध्ये यो समाचार तयार पार्दासम्म ३७ जना बिरामी छन् । बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको उनले बताए। स्कुल दुर्गमा ठाउँमा रहेकाले बिरामी विद्यार्थीहरुको उपचारका लागि स्वास्थ्य संस्था लैजान समस्या परेको छ ।

विद्यालयबाट सबैभन्दा नजिक रहेको वडा नं ४ हुकामको स्वास्थ्य चौकी पुग्न करिब दुई घण्टा लाग्छ । स्वास्थ्य चौकीसँग यतिबेला सम्म सम्पर्क हुन नसकेका कारण विद्यार्थीको उपचार गर्न समस्या परिरहेका प्रा. सेनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com