संशोधन विधेयक प्रकृयामा लैजाने सरकार–मोर्चाको निर्णय


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

सत्तारुढ दल र मधेसी मोर्चँबीच पुस २४ गते बस्ने संसद् बैठकमा संविधान संशोधन विधेयक प्रस्तावलाई प्रक्रियामा लैजाने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठकले २४ गतेको बैठकममा पेश हुने विधेयक पारित गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधन विधेयक पारित गर्न आह्वान गर्ने समेत बैठकले निर्णय गरेकोछ ।
एमालेलाई पनि सहमतिमा ल्याउँदै संशोधन विधेयक प्रक्रियामा लैजाने सहमति भएको नेताहरुले बताएका छन ।

संविधान संशोधन प्रक्रिया राजनीतिक विषय भएकाले यसलाई सर्बोच्च अदालतले अझै प्रष्ट पारेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको थियो ।

अबको संसद् बैठकमा एमालेले अवरोघ नगर्ने गृहमन्त्री बिमनेन्द्र निधिको भनाइ छ । एमालेले सरकारले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेसँगै निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले गत मंसिर १४ गते संसदमा भाषा, सिमाङकन, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यबँरेमा संविधानमा संशोधन गर्नुपर्ने भन्दै प्रस्ताव दर्ता गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com