फोक्सोमा क्यान्सर हुनुको कारण


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

प्राडा. नीरज बम छातीरोग विशेषज्ञ त्रिवि शिक्षण अस्पताल

फोक्सोमा हुने श्वासनली र कोषिका असामान्य रूपमा बढ्नुलाई फोक्सोको क्यान्सर भनिन्छ । फोक्सोमा हुने क्यान्सर मुख्यतः दुई किसिमका हुन्छन्, स्मल सेल र नन् स्मल सेल । नेपालमा हाल रहेका क्यान्सरका रोगीमध्ये सबैभन्दा बढी नन् स्मल क्यान्सर भएका पाइएका छन् । जो ४० प्रतिशत रहेको तथ्यांक छ । नन् स्मल सेलमा पनि तीन किसिमले क्यान्सर हुने गर्छन् । ती हुन्, एडेनो कार्सिनोमा, स्क्वामस सेल कार्सिनोमा र लार्ज सेल कार्सिनोमा ।

कारण
फोक्सोमा क्यान्सर हुने कारण धेरै छन् । यद्यपि, धुम्रपान, प्रदूषित वायु, बाहिर जथाभाबी राखिएका खानेकुरा आदिको सेवनले क्यान्सर हुने गर्छ ।
अध्ययनअनुसार धूम्रपान तथा सुर्तीजन्य चिजहरूमा हुने निकोटिन, सल्फर डाइअक्साइड, कार्बन, नाइट्रोजन अक्साइडजस्ता पदार्थका कारणले क्यान्सर हुन्छ ।
विषादी प्रयोगबाट पनि क्यान्सर हुने गर्छ । वायुमा हुने क्यान्सरजन्य वस्तुको सम्पर्कबाट पनि यो रोग लाग्छ ।
यसबाहेक, कतिपयमा वंशानुगत कारणले पनि क्यान्सर हुन्छ ।

धूम्रपान, अस्वस्थ खानपान र प्रदूषणबाट जोगिन सकेमा फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ

लक्षण
छाती दुख्नु फोक्सोको क्यान्सरको पहिलो
लक्षण हो । । संक्रमण भएमा छाती
दुख्ने गर्छ ।
लामो समयदेखि निमोनिया र क्षयरोगको उपचार गराइरहेका बिरामीमा पनि फोक्सोको क्यान्सर हुने गर्छ ।
नियमित चुरोट खाने व्यक्तिमा सुक्खा खोकी लाग्ने र खकारमा रगत देखापर्ने हुन्छ ।
सास फेर्न गाह्रो हुने र सानो काम गर्दा पनि स्वाँ–स्वाँ हुन्छ । साथै, दमको बिरामीमा फोक्सोको क्यान्सर हुने सम्भावना उच्च रहन्छ ।
फोक्सोमा क्यान्सरको अर्को लक्षण तौल
घट्नु हो ।
फोक्सोको क्यान्सर कहिलेकाहीँ एक ठाउँबाट अर्को ठाउँमा सर्दै गएमा घाँटीमा गाँठागुँठी  देखिने पनि हुन सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोकथाम र उपचार
धूम्रपान, अस्वस्थ खानपान र प्रदूषणबाट जोगिन सकेमा फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।
रोगको लक्षण देखिनेबित्तिकै तुरुन्त सम्बन्धित चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ । तर, नेपालमा ज्ञानको कमी र स्वास्थ्य सेवाको सहज पहुँचको अभावका कारण अधिकांश बिरामी क्यान्सरको अन्तिम स्टेजमा मात्र अस्पताल पुग्ने गरेको पाइन्छ ।
क्यान्सरको स्टेजको आधारमा शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी आदिको माध्यमबाट उपचार गर्न सकिन्छ । रोगको स्टेज सिटीस्क्यान र मासुको जाँच गरेर पत्ता लगाइन्छ ।
यसरी पहिलो र दोस्रो स्टेजको बिरामीलाई शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तेस्रो र चौथो स्टेजका बिरामीका लागि किमोथेरापी र रेडियोथेरापीको माध्यम अपनाउनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com