ललितपुर बिष्फोटमा ३ घाइते, कमलपोखरीमा बम, बागलुङ र पोखरामा एनसेल टावरमा आगजनी


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

ललितपुरको नख्खुमा शुक्रबार राति भएको बम विस्फोटमा तीन घाइते भएका छन् । एनसेलको कार्यालयको गेटमा बम विस्फोट हुँदा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर घाइते भएका छन्।

बम विस्फोट गराएपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ ।

यसैबीच काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ ।पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको छ ।

त्यस्तै बागलुङका विभिन्न ठाउँमा रहेका निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेएलका टावरहरूमा बिहीबार राति आगजनी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका ८ काँडेवाँस र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी भएको हो ।

यस्तै पोखरा महानगरपालिका २७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको  छ। सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन।

यी  घटनाहरु एकअर्कोसँग सम्बन्धित भए नभएकोबारे केही जानकारी प्राप्त भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com