करोडौंमा निर्माणाधीन पुल सहमति हुन नसक्दा अलपत्र


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

इस्वरी कडेल – गुल्मी,

गुल्मीको दौघा, खर्ज्याङ्ग अमर अर्बाथोक , दरबार देबिस्थान घुम्टी हुँदै सदरमुकाम तमघास सम्म जोड्ने सडक खण्ड अन्तरगत खर्ज्याङ गाबिस र अमर अर्बाथोक गाबिसको सिमाना खर्ज्याङ्ग खोलामा निर्माण भैरहेको पक्की पुलले स्थानिय र जिल्ला प्राबिधिक कार्यालयको बिवादका कारण पुर्णता पाउन सकेको छैन ।

२०७१ साल बैशाख ३० गते देखि निर्माण सुरु भएको पुलको कार्य लगभग सम्पन्न हुन लागे पनि उपयुक्त सडक अभावमा उक्त पुल सन्चालनमा आउन नसक्दा यातायातका साधनहरु खोलाबाट नै आवाज जावत गर्नु परेको छ । स्थानीय बासिन्दाको भनाइ अनुसार जिल्ला प्राबिधिक कार्यालय गुल्मिका इन्जिनियरले पुल सर्वे गर्दा आफुहरुलाइ अन्यत्रबाट पुल बन्ने भनी देखाए र अहिले पुलको ढाचा अर्कोतिर बन्यो त्यसैले तत्कालीन इन्जिनियरको कमजोरीले गर्दा अहिलेसम्म पुलले पुर्णता पाउन नसकेको बताएका छ्न ।

उक्त स्थानमा पुल निर्माण भएपछि अहिले सडक नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ नयाँ सडक खोल्दा स्थानीयहरुले खेती गर्दै आएको खेतीयोग्य जमिन नोक्सान हुने अवस्था आएकोले आफुहरुले बिहान साझ हातमुख जोर्नको लागि खेती गर्दै आएको जमिनमा सडक निर्माण गर्न नदिने बताएका छ्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला बिकास समिति गुल्मी अन्तरगत एलआरडिपि बाट रु १ करोड ८८ लाखमा निर्माणका लागि एनबी कन्ट्रक्सन बुटवलले ठेक्का लिएको पुल २०७३ साल बैशाख ३० गते भित्रैमा सम्पन्न हुनुपर्नेमा स्थानीय जग्गाधनी र जिल्ला प्राविधिक कार्यालयको बिवादका कारण अहिलेसम्म पुरा हुन सकेको छैन ।सर्बे अनुसार पुल निर्माण नहुनुमा जिल्ला प्राविधिक कार्यालयको कमजोरी रहेको स्थानीयले बताइरहेका बेला जिल्ला प्राविधिक कार्यालय गुल्मिका इन्जिनियर बैकुण्ठ अर्यालले भने पुल सर्बे अनुसार नै निर्माण भएको तर स्थानीय जग्गा धनिहरुले पहिले कुरा बुझ्न नसकेको ले यो समस्या आएको बताएका छ्न ।

पुल निर्माण र जग्गाधनि बिचको बिवाद मिलाउन भन्दै मङ्गलवार गुल्मी जिल्लाका स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठ , प्राबिधिक कार्यालय गुल्मिका इन्जिनियर बैकुण्ठ अर्याल जिबिस गुल्मिका अधिकृत खड्क बहादुर थापा लगाएत प्राबिधिकहरुको टोलि र स्थानीय राजनीतिक दल , समाजसेवी , बुद्धिजीवी र जग्गाधनी बिच पुल निर्माण भैरहेको स्थान खर्ज्याङ्गमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त अन्तरक्रियाले ठोस निर्णय लिन नसकेपछि जग्गाधनीको बिवाद मिलाउन भन्दै ९ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ।

उक्त समितिले यहि माघ १० गतेभित्रमा सडक निर्माणको लागि जग्गाधनी बिच समन्वय गर्ने र ठोस निर्णयमा पुगि जिल्ला बिकास समिति र जिल्ला प्राविधिक कार्यालय गुल्मिमा जानकारी पठाउने बताएका छ्न ।

समितिमा अमर अर्बाथोक गाबिस सचीव लक्ष्मण प्रसाद कडेल , खर्ज्याङ्ग गाबिस सचीव शेरबहादुर कुवर , जिल्ला प्राविधिक फत्तेमान थापा स्थानीय समाजसेवीहरु नारायण प्रसाद अर्याल , कृष्ण प्रसाद पन्त ,सरोज पाण्डे , मानसिह ढेगा , लिलाबहादुर बलाल र अर्जुन प्रसाद कडेल रहनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com