पशुपति शर्माको ‘लुटेर खा भाइ लुटेर खा…’गीत जनताले मन पराएनन्ः प्रधानमन्त्री


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएकोबारे पहिलो पटक प्रतिक्रिया दिएका छन् । बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे ।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन् ।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे ।‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन् । हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन् । मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं,’ प्रधानमन्त्रीले भने ।

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए ।‘त्यो गीतमा सरकारले केही भनेको छैन् । सरकारको भनाइ सुबाटौंमा हिँड्यौं भन्नेमात्र हो,’ उनले भने।यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट‘’ भन्ने गीत युट्युबबाट हटाउन भनेका थिए ।राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com