सक्कली भूकम्पपीडितको नाम छुट्यो : नक्कलीको बोलवाला


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

सिन्धुपाल्चोकको उत्तरी गाविस थाङपालधाप–४ स्थित नाल्दुम टोल सुनसान छ । भूकम्पमा भत्केका घरका गाह्रा त्यत्तिकै असरल्ल छन् । काठपात यताउता छरिएका छन् । अझै सँगालिएको छैन ।

सो गाउँमा २४ जनाले ज्यान गुमाएका थिए भने एक सय १३ घरपरिवार विस्थापित बनेका थिए । सो गाउँका अधिकांश पीडितले सरकारले दिने अनुदानको ५० हजार रुपैयाँ पाउन सकेका छैनन् । प्रमाण जुटाउन नसकेकै कारण ७० प्रतिशत भूकम्पपीडित अनुदान रकम पाउनबाट वञ्चित छन् ।

३० प्रतिशतले भने सरकारले अनुदानस्वरूप दिएको ५० हजार रुपैयाँ लिइसके । नाल्दुमका दोर्जे वाइबाले अहिलेसम्म गाउँका एक सय १३ घरपरिवारमध्ये ३४ घरपरिवारले ५० हजार लिएको र ७९ घरपरिवारले पाउन नसकेको जानकारी दिए । ‘भूकम्पले नाल्दुम टोलमा २४ जनाको ज्यान गयो । एक सय १३ घरपरिवार विस्थापित बने ।

तर, अनुदान रकम पाउने प्रमाण ३४ जनाले मात्रै जुटाउन सके, अरूले सकेनन्,’ उनले भने । वाइबाका अनुसार लगत संकलन गर्ने प्राविधिकको लापरबाहीका कारण अधिकांश पीडित ५० हजार रुपैयाँ पाउनबाट वञ्चित भएका हुन् । ‘लगत संकलन गर्ने प्राविधिकले पक्षपात गरेकाले वास्तविक पीडित छुटे ।
जसले गर्दा गाउँका ७० प्रतिशतभन्दा बढी अनुदानको ५० हजार रुपैयाँ पाउनबाट वञ्चित भए,’ उनले भने । वाइबाको घर पनि भूकम्पले भत्काएको छ । ‘प्राविधिकले घरको नाप लिए । तर, जग्गाको लालपुर्जा भएन । सोही कारण अनुदान सूचीमा नाम निस्केन,’ उनले गुनासो गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थाङपालधाप–३ का भूकम्पपीडितको अवस्था पनि उस्तै छ । यहाँका ६४ प्रतिशत भूकम्पपीडितको नामावली अनुदान पाउने पीडितको सूचीमा परेन । जसकारण उनीहरूले अनुदानको ५० हजार रुपैयाँ पाउन सकेका छैनन् । प्राविधिकले लगत संकलन गर्ने क्रममा वास्तविक पीडितको नाम छुटाएकाले उनीहरू अनुदान रकम पाउनबाट वञ्चित भएका हुन् ।

थाङपालधाप–३ सिमपानी टोलका हर्कबहादुर खत्रीका अनुसार ३६ प्रतिशत भूकम्पपीडितको मात्रै नाम अनुदान पाउने सूचीमा निस्कियो, ६४ प्रतिशतको नामावली निस्किएन ।
उनका अनुसार एक सय आठ घरपरिवारमध्ये ३९ जनाले मात्र ५० हजार पाएका छन् । ‘हाम्रो वडामा एक सय आठ घरपरिवार भूकम्पबाट विस्थापित बनेका छन् । १५ जनाले ज्यान गुमाए । तर, प्रमाण नपुगेको भन्दै प्राविधिकले ६४ प्रतिशत भूकम्पपीडितको नाम सूचीमा राखेनन् । त्यसैले कसैले पनि ५० हजार रुपैयाँ पाउन सकेनन् । पैसा नभएकाले कसैको पनि घर बन्न सकेको छैन । जाडोमा कठांग्रिएर बस्नुपरेको छ,’ उनले भने ।

खत्रीका अनुसार थाङपालधापका १, २ र ५ नम्बर वडामा पनि प्राविधिकको लापरबाहीका कारण अधिकांश भूकम्पपीडितको नाम अनुदान पाउने सूचीमा परेको छैन । ‘हाम्रोमा मात्र होइन, १, २ र ५ वडामा पनि धेरैको नाम निस्केन । जसले गर्दा ५० हजार पाउन सकेका छैनन् । पैसा नभएकाले कसैले पनि घर बनाउन सकेका छैनन्,’ उनले भने ।

नाल्दुम टोलका ४० वर्षीय किर्पे वाइबा भत्केको घरको भग्नावशेष पन्छाउँदै गरेको अवस्थामा भेटिए । भूकम्पमा उनले श्रीमती र आमाले गुमाए । तर, उनको अनुदान सूचीमा नाम निस्केन । ‘अनुदान संकलन गर्दा घर नापी भए पनि लालपुर्जा भएन । त्यसले गर्दा अनुदान सूचीमा नाम निस्किन सकेन । अब मैले कहाँ गएर उजुरी गर्नू ? अब मेरो घर नबन्ने भयो,’ उनले भने । नयाँ पत्रिकबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com