मलेसियाको क्वालालम्पुर विमानस्थलमा दिनहुँजसो लुटिन्छन् नेपाली


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराृष्ट्रिय विमानस्थलका लागि निस्किए ।

विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र हलुका चारपांग्रे सवारीको सहारा लिनुपर्छ ।

प्लास्टिकमा प्याकिङ गरिएको र बाहिरपट्टि डोरीले बाँधिएको लगेजसहित उनी ट्याक्सीबाट भरेलगत्तै दुई युवक त्यहाँ आइपुगे । उनीहरुले आफूहरु विमानस्थलको कर्मचारी रहेको परिचय दिदैँ यात्रुको सहयोगका लागि बसेको बताए । उनीहरुले कुन एयरलाइन्सबाट कता जान लागेको भनेर सोधेपछि थापाले नेपाल एयरलाइन्सबाट काठमाडौँ जान लागको भन्दै सीधा जवाफ दिए ।

आफूसँग पासपोर्ट मागेपछि उनको मनमा चिसो पस्यो । छलिएर लिफ्टतर्फ अघि बढ्दा ती युवकहरुले थापाको पिछा गरे ।

लिफ्टमा तीनजना मात्र भए । थापासँग पैसा माग्न थालियो । अन्ततः उनी यस्तो परिबन्धमा परे, ५० मलेसियन रिंगेट नदिई ती युवकहरुबाट छुटकारा पाउनै सकेनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com