नेपालका पत्रकार साउदको प्रोफाइल ‘श्रद्धाञ्जली’मा बदलेकोमा फेसबुकले स्वीकार्यो गल्ती
प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

नेपालका अन्नपूर्ण पोष्टका पत्रकार नरेन्द्र साउदको फेसबुक एकाउन्ट भूलवश स्मारिकरण गरेको भन्दै फेसबुकले गल्ती स्वीकारेको छ । फेसबुकको प्रेस विभागका तर्फबाट नाताशा नायरले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जवाफमा नरेन्द्र साउदको फेसबुक एकाउन्ट फेसबुकको टिमले गल्तीवश मृत व्यक्तिको एकान्उन्टका रुपमा मेरोरियलाइज्ड गरेको जनाएकी छिन् ।
साथै यो समस्या अहिले समाधान भइसकेको पनि उनले जनाएकी छिन् । फेसबुकले पत्रकार साउदको एकाउन्ट मृत व्यक्तिको एकाउन्टका रुपमा रुपान्तरण गरिदिएपछि साउदले आफू ज्यूदै रहेको भन्दै अन्नपूर्ण पोष्टमा लेख प्रकाशित गरेका थिए ।
फेसबुकले कुनै पनि मृत व्यक्तिको फेसबुक एकाउन्टलाई स्मारिकाका रुपमा रुपान्तरण गर्दै आएको छ । यद्यपी जीवित व्यक्तिका फेसबुक एकाउन्टलाई मृत व्यक्तिका एकाउन्टमा रुपान्तरण गरिदिएको फेसबुकको यो गल्ती भने पहिलो होइन ।