अधिकारकर्मी वन्दना राणा राष्ट्रसंघीय कमिटीको उपाध्यक्षमा निर्वाचित


प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

नेपाली महिला अधिकारकर्मी तथा सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति(सीईडीएडब्ल्यू)को उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।

सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

संयुक्त राष्ट्रसंघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ पहिलो नेपाली पनि हुनुहुन्छ । राणा यसअघि सन् २०१६ मा यो समितिको सदस्य पदमा निर्वाचित हुनुभएको थियो । उहाँ समितिमा रहेर रणनैतिक निर्देशकका रुपमा पनि कार्यरत हुनुहुन्छ ।

सीईडीएडब्ल्यू सन् १९८३ मा स्थापित भएको थियो । यसमा विश्भरबाट महिलाका मुद्दामा विज्ञ रहेका २३ जनाले प्रतिनिधित्व गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com