प्रधानमन्त्री प्रचण्डले धान राेप्दा,हेर्नेकाे भिड


प्रकाशित मिति : पुस १९, २०७३ मंगलबार

याे पुसकाे जाडाेमा प्रधानमन्त्री प्रचण्डले  झापामा छुपुछुपु धान रोप्नु भएकाे छ । नेपालकाे धेरै क्षेत्रमा पुस महिनामा धान राेपेकाे पाँइदैन् । धान राेप्ने भन्न वित्तिकै असार /साउन महिनाकै ख्याल अाउँछ । झापामा धानको ‘सुपर जोन’ घोषणा गर्न प्रधानमन्त्री प्रचण्ड  अाजनै काठमाडाैबाट दक्षिणवर्ती गाविस बनियानीमा पुग्नु भएकाे थियाे ।

प्रचण्डले धान रोप्ने खेत पहिले नै हिलाम्मे बनाइएको थियो । त्यहाँ रोपाहार, बाउसे, हली कोही थिएनन् । प्रधानमन्त्रीले ट्याक्टर चलाउँदै धान रोपेको दृश्य हेर्नेहरुको चाँहि भिड लागेको थियो ।

प्रधानमन्त्री प्रचण्ड अाज बिहान तेह्रथुमको आठराई क्षेत्रको संक्रान्ति बजारमा आगलागी पीडितहरुको अवस्था अवलोकन गरेर धान रोप्न झापा अाउनु भएकाे थियाे । उहाँले आधुनिक ट्याक्टरको  सहयाेगमा  धान रोप्नु भएकाे हाे ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com