नेपालको पहिलो भू-उपग्रह तयार, वैशाख ४ गते आकाशमा उडाइने


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

नेपालको पहिलो भू-उपग्रह तयार भएको छ। नेपाली-स्याट-१ नाम दिइएको भू-उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए।

शुक्रबार जापानस्थित क्युसु इन्सिटिच्युट अफ टेक्नोलोजी (क्युटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू-उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो।

जापानमा रहेका उपकुलपति श्रेष्ठले भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो।

यस्तै, शुक्रबार नै क्युटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति श्रेष्ठलाई भू–उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू-उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो।

उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्युटेकसँग समझदारी भएपछि उपग्रह निर्माण प्रारम्भ भएको जापानमै रहेका नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले बताए। यसका लागि १ करोड ५० लाख जापानी यान खर्च भएको उनले बताए।

यसैबीच, आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ। याे खबर आजको कान्तिपुर दैनिकमा गोविन्द पोखरेलले लेखेका हुन्।

नेपालसँगै श्रीलंकाको रावना-१ र जापानको उगिसू भू-उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा।रविन्द्र ढकालले जानकारी दिए। गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्युल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो।

नेपाल र नास्टको लोगो अंकित स्टिकर टाँसिएको यो भू-उपग्रह सोमबार जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको उपकुलपति श्रेष्ठले जानकारी दिए।

प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउने छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com