सफलता एचआइभी शिक्षा सदन विश्वकै पहिलो पहिचानसहितको विद्यालय


प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार

जन्मिदै एचआईभी संक्रमित हुनुको पीडा त छदै छ । त्यसमाथि आफन्तबाटै तिरस्कृत हुनुपर्दा एचआइभी संक्रमित बालबालिकाका आधारभूत अधिकार खोसिन्छ । अध्ययनमा समेत बञ्चित हुनु परेका घटना अनेकौं छन् । यो पृष्ठभूमिमा काठमाडौंको कीर्तिपुरस्थित ‘बेबी लाइभ होम’ बाट सञ्चालित सफलता एचआइभी शिक्षा सदन भने विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचिकृत भएको छ । जहाँ २३ जना एचआइभी संक्रमित बालबालिका अध्यनरत छन् ।

‘बेबी लाइभ होम’का यी बालबालिका मध्ये कोही समाजबाट लखेटिँदै यहाँ आइपुगे भने केहीलाई आफन्तले नै ल्याएर छोडे । र, त्यसो गरिनुमा यिनीहरुको दोष जन्मिंदै एचआइभी संक्रमित हुनु हो । अधिकांशले एचआइभीकै कारण बाबुआमा गुमाएका छन् । त्यसपछि सुरु भएको आफन्तको तिरस्कार र पढिरहेको स्कूलले गरेको व्यवहार यिनीहरुको कमलो मनमा अझै गडिरहेको छ ।

०६७ सालमा एचआइभी संक्रमित बालबालिका बिचल्ली भन्ने न्यूज सुनेर राजकुमार पुन र उमा गुरुङ राहत लिएर दाङ पुगेका थिए । तर, गाउँलेले एचआइभी फैलाउने भन्दै लैजान भनेपछि पुन र गुरुङले यिनलाई साथै काठमाडौं ल्याए । ‘बेबी लाइभ होम’ दर्ता गरेर बाबुआमाको लागि बनाएको घर बेचेर २३ बालबालिकालाई नयाँ जीवन दिन सुरु गरे यिनले ।

एचआइभीको क्षेत्रमा काम गर्ने एनजीओ÷आइएनजीओको सहयोग लिएको छैन ‘बेबी लाइभ होम’ले । तरकारी उत्पादक राजकुमारले त्यसैको आम्दानीबाट यी बालबाबालिकालाई पालनपोषण गरिरहेका छन् । उमाले कस्मेटिक पसल बेचेर बालबालिकालाई सहयोग गरिरहेकी छन् । कुनै स्कूलले यि बालबालिका भर्ना नलिएपछि आफैंले सुरु गरेको सफलता एचआइभी शिक्षा सदन विश्वकै पहिलो पहिचानसहितको विद्यालय बनेको छ अहिले ।

वर्षको २५ लाख खर्च हुन्छ । तर, नौ बर्षमा २ लाख रुपैयाँ मात्रै दिएको छ । ‘बेबी लाइभ होम’ र सफलता शिक्ष सदन भएको भवन र जग्गासमेत राजकुमारले बालबालिकाकै नाममा गरिदिएका छन् । सरकारले सहयोग गरेर देशभर भएका एचआइभी संक्रमित बालबालिकालाई उपचार र पढाईमा सहयोग गर्नुपर्ने यिनीहरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालभर १५ बर्ष मुनिका १ हजार बालबालिकामा एचआइभी रहेको पुष्टी भएको छ । उपचार र पालनपोषण नपाएर संक्रमित बालबालिकाको मृत्युदर उच्च छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com