सडक बाट १५० मिटर तल भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु, ९ घाईते
प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार
हिजो बिहिबार फेरी एेउटा यात्रुबाहक बस भेरी नदी मा खसदा उक्त बस मा यात्रा गरीरहेका चारजनाको मृत्यु भएको खबर रहेकोछ। उक्त भे १ ख १३२९ नम्बरको यात्रुबाहक बस जाजरकोट भेरी-१ रिम्नस्थित कुइनेउटा भीरमा दुर्घटना हुन पुगेको थियो।
ताजा जानकारी र अपडेट अनुशार उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् र उनी झरुलाई उपचारका लागि जाजरकोट जिल्ला अस्पताल मा लगिएको छ। प्राप्त जानकारी अनुशार घाईते हरुको अवस्था अहिले खतरामुक्त रहेको भनीएकोछ।
प्रहरी ले दिएको जानकारी अनुशार उक्त दुर्घटना मा घटनास्थलमै एक जना यात्रु को मृत्यु भएको छ र उन्को नाम मीनबहादुर बोहरा बताईेकोछ जो डोल्पा जिल्लाका का बासिन्दा हुन भने बाकी अन्य तिन जना ब्यक्ती हरुको पहिचान खुल्न सकेको छैन।
प्रहरी ले जान्कारी दिएअनुशार उक्त बस सडकबाट १ सय ५० मिटर तल भेरी नदी किनाराको बगरमा खसेको थियो र दुर्घटना को कारण चालक को लापरबाही रहेको उल्लेख गरिएकोछ। उक्त बस मा जम्म ११ जना यात्रु हरु यात्रा गरिरहेका थिए। उक्त दुर्घटना मा उद्धारका लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागिपरेको जानकारी रहेकोछ।






