भारतीय सुरक्षाकर्मीमाथि जम्मु-कस्मिरमा भएको हमलामा ४० को मृत्यु


प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार

एजेन्सी / भारतको कस्मिरमा रहेको पुलवामामा भएको एक आतंकारी हमलामा परी कम्तिमा ४० भन्दा बढी भारतको केन्द्रीय रिजर्व पुलिस बल (Central Reserve Police Force- भारतीय सुरक्षाकर्मी ) का जवानको मृत्यु भएको छ । बिहिबार भएको घटनामा करिब ३५० किलो ( Improvised explosive device IED ) बिष्फोटक पदाथ प्रयोग गरिएको छ ।

आतंकारी संगठन जैश(ई(मोह्म्मदले घटनाको जिम्मेवारी लिएको छ । उसले घटनालाई आत्मघाती बताएको कुरा भारतीय सञ्चारमाध्यमले जनाएको छ । घटनामा परी घाइत भएकाको श्रिनगर स्थित सैन्य अस्पतालमा उपचार भइरहेको छ ।

सिआरएफको गाडीलाई लक्षित गरी प्रहार गरिएको बिष्फोटक पदार्थ ( IED )ले अरु सवारी साधन पनि क्षती ग्रस्त बनाएको छ । भारतीय रक्षामन्त्रीले दोषीलाई नछोड्ने जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य राजनीतिक उच्च अधिकारीहरुले हमलाको निन्दा गरेका छन् । श्रीनगरबाट करिब २० किलोमिटरको दुरीमा दुर्घटना भएको हो । श्रीनगर-जम्मू राजमार्गमा ठूलो संख्यामा सिआरपीएफ सुरक्षाकर्मी एक ठाउँबाट अर्को ठाउँमा गइरहेको बेला आक्रमण गरिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com