उपराष्ट्रपति पुन शिवलिंगेश्वर धाममा ( फोटोफिचर )


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बेदकोट नगरपालिकामारहेको शिवलिंगेश्वर धामको अवलोकन भ्रमण गरेका छन ।

उनले विहीबार विहान बेदकोट नगरपालिकाको वडा नं. ४ मा पर्ने ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल शिवलिंगेश्वर धामको अवलोकन भ्रमण गरेका हुन ।

आजै (विहीबार) पर्यटकीय क्षेत्र बेदकोट ताल परिसरमा सुरु हुने बेदकोट धार्मिक पर्यटन मेला–२०७५को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर आएका उपराष्ट्रपति पुनले बुधबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली झोलुंगे पुलको अवलोकन भ्रमण गरेका थिए ।

शिवलिंगेश्वर धामको भ्रमणमा पुगेका उपराष्ट्रपति पुनलाई बेदकोट नगर प्रमुख अशोक कुमार चन्दले स्वागत गरे । स्वागतको क्रममा नगरप्रमुख चन्दले शिवलिंगेश्वर धाम ऐतिहासिक, धार्मिक केन्द्र रहेको बताए । उनले परापूर्वमा तराई पहाड यात्रा गर्ने क्रममा हात्तिको डर हुने र यस क्षेत्रमा बसेपछि शिवले रक्षा गर्ने गरेको विश्वास रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिवलिंगेश्वर धाममा पर्यटकहरुको भिड लाग्ने गरेको छ । यसलाई स्थानीय सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com