मलेसियाबाट छोराको लास आउँदा भावब्यहोल भइन् विष्णुदेवी


प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहिबार

देश रेमिटेन्सले नै चलेको छ। बार्षिक रुपमा आउने खर्बौ रुपिया बराबरको रेमिटेन्स कै कारण अहिले देश धानिएको छ तर विदेश जाने र देस चलाउने ति युवाहरु भने रातो बाकसमा फर्कन बाध्यता छ। आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन विदेश पुग्ने सबै नेपालीहरु भाग्य मानि हुदैनन्। कतिले राम्रै संग पैसा कमाएर फर्कन्छन भने कतिले बिदेशी भूमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ। यस्तै एक प्रतिनिधि पात्र हुन् दिनेश। वैदेशिक रोजगारीका लागि गएका दिनेशले कहिले नफर्किने गरि बिदा भए।

दिनेश माघ १७ गते मलेसियामा मृत्यु भयो। मृत्यु भएको १३ दिन पछि दिनेश काठको बाकसमा स्वदेश फर्किए आफन्त लाइ रुवाउदै। मलेसिया स्थित नेपाली दुताबास ले दिनेशले आत्महत्या गरेको बताइरहे पनि परिवार भने यो कुरा मान्न तयार छैन। उनले सुसाइड गर्न पर्ने कारण के छ यस्तै प्रश्न गरिरहेका छन्। धन कमाउन विदेश गएको छोरो काठको बाकसमा लास बनेर फर्के पछि उनको आमा भक्कानिएर रुदै छैन। छोराले आफुलाई नेपाल फर्काउ भनेर आमालाई फोनमा कुरा गरेको आमा सम्झदै रोइन।

दैनिक रुपमा देशका युवाहरु हजारौको संख्यामा अरबको खाडीमा जाने गर्छन। दैनिक औसत ९ सय युवा रोजगारीका विभिन्न देश जाने गरेको तथ्यांक छ र दैनिकी ३ जनाको शव नेपाल आउने समेत गरेको छ। पछिल्लो १० बर्षमा करिब १० लाख नेपाली युवाहरु विदेशमा रोजगारीको लागि गैसकेका छन् भने उनीहरु मध्यबाटै ६ हजारभन्दा बढीले त विदेशमै आफ्नो ज्यान गुमाइसकेका छन्। कति जेल परे कति अंग भंग भएको, कतिले बिदेशी भूमिमा कस्टकर जिबन बिताइरहेका छन्। देशमा रोजगारीको समस्या हुदा महंगीको चपेटामा पर्दा २-४ पैसा बढी कमाउन जादा उनीहरु विदेश मा संघर्ष गर्न बाध्य बनेका छन्। देशमा रोजगारी छैन , उद्योग प्राय बन्द छ , रोजीरोटी कमाउने मुस्किल छ।

स्वदेशमा सुख नपाएर दुख गर्न विदेश पुगेका उनीहरु तेहा पनि कम संघर्ष गर्न बाध्य छैनन्। हरेक युबाहरुको चाहना रोजगारीका लागि विदेश जानु नपरोस भन्ने नै हुन्छा तर बाध्यताको अगाडी कसको के लाग्छ। अहिले देशले विदेश बाट युवाहरुले कमाएको रेमिटेन्स मात्र बुझिरहेको छैन। दैनिक रुपमा नेपाली युबा जवानको शव समेत बुझिरहन परेको दुख लाग्दो अबस्था छ। अब देशले बैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आबस्यक छ ताकि कुनै युवाहरुले विदेश मा आफ्नो ज्यान गुमाउनु नपरोस। विदेशिएका यूवालाई सकुशल स्वदेश फर्काउन वातावरण बन्ने पर्छ, राज्य जिम्मेवार हुनैपर्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com