केन्द्रमा पानी जहाज कार्यलय खुल्दा,प्रदेश ५ का मन्त्रीहरु झाडु बोकेर सडकमा


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

पानी जहाज सञ्चालनका लागि भन्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यलयको उद्घाटन गर्नु भएको छ । तर, प्रदेश सरकारका मन्त्री भने झाडु बोकेर सड्क सफाईमा लाग्नु भएको छ ।

प्रदेश नम्बर ५ को स्थापना दिवस आजबाट प्रदेश भरी कार्यक्रम गर्दै मनाउन सुरु भएको छ । प्रदेश सरकारको निर्णय अनुसार ३ दिन सम्म मनाउन थालिएको प्रदेश स्थापना दिवसका अवसरमा आज प्रदेशका प्रमुख राजमार्गहरुको सरसफाई गर्दै प्रदेश दिवस मनाउन थालिएको हो ।

पश्चिम सिमाना बर्दियाको भुरिगांउबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र पुर्व सिमाना वर्घाट चौराहाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको अगुवाईमा आज बिहानैबाट सरसफाई अभियान सुरु भएको प्रदेश मुख्य मन्त्रीको कार्यालयले जनाएको छ ।

यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के सी बांकेको कोहलपुर चोकबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी कपिलवस्तुको चन्द्रौटा चोकबाट र सामाजिक विकास मन्त्री सुदर्शन बराल दाङको लमही चोकबाट सरसफाई अभियानमा सहभागी भएका छन् ।
नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बुटवलको जितगढी चौकबाट राजमार्ग सरसफाई कार्यक्रको थालनि गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरसफाई कार्यक्रमका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले नगर र बजारहरुसंगै बनजंगल र ग्रामीण क्षेत्रपनि सफा राख्न आवश्यक रहेको बताउनुभयो । उहांले वाताबरण सफा बनाई प्रदेशलाई नै स्वच्छ र स्वस्थ बनाउने अभियान अन्तर्गत सरसफाईको अभियान सुरु गरिएको बताउनुभयो ।

अघिल्लो वर्ष फागुन ३ गते प्रदेश नम्बर ५ को घोषणा भएको थियो । प्रदेश सरकारले फागुन ३ लाई प्रदेश स्थापना दिवसकारुपमा मनाउने घोषणा गरेको छ । फागुन ३ गते औपचारीक समारोह र ४ गते स्वास्थ्य शिबिर सहति सामाजिक कार्य गर्दै दिवस मनाईने प्रदेश सरकारको कार्यक्रम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com