सामूहिक बलात्कारमा परेकी पीडितले डिआइजीलाई सोधिन् ,अब के गर्न आउनुभयो सर ?


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

गएको शनिबार  सामूहिक बलात्कारको घटनामा पंजाब पुलिसले मुख्य आरोपी सहित ८ जनालाई पक्राउ गरेको छ । कारमा घुम्न गएका जोडीलाई मोटरसाइकल सवार ३ जनाले अपहरण गरेका थिए । त्यसपछि उनीहरुले आफ्ना अन्य ९ जना साथीहरुलाई बोलाएर पटक–पटक युवतीलाई सामूहिक बलात्कार गरेका थिए । त्यसपछि युवकलाई धम्की दिएर एक लाख रुपैयाँ फिरौती माग्नको लागि युवकका एक साथीलाई फोन पनि गर्न लगाए । पीडित युवकको फोनबाट उनीहरुले पटक पटक उनका साथीलाई १ लाख रुपैयाँ फिरौती ल्याउन फोन गरिरहे ।

पीडितका ती साथी दाखा थानामा गएर त्यहाँका सब इन्स्पेश्टर विद्यारत्नसँग आफूलाई आरोपी भएको ठाउँ थाहा भएको भन्दै उनीहरुलाई पक्राउ गर्न आग्रह गरिरहे । तर, सब इन्स्पेक्टर रेकर्डिङ सुनेपछि पनि त्यहाँ गएनन् । आरोपीले ८ पटक फोन गरेको एक घण्टापछि जब पुलिस उनीहरुलाई खोज्दै घटनास्थल पुग्यो त्यहाँ केही थिएन । आश्चर्यको कुरा साथीले उजुरी गरेपछि पनि पुलिसले केस दर्ता गराउन २७ घण्टा लगायो । जब पीडित युवक र युवती उजुरी लिएर आफैं पुलिस स्टेशन पुगे त्यसपछि डिआइजी रणवीर सिंह खटडाले गल्ती स्वीकार गरे ।

डिआइजी रणवीर जब पीडित युवतीको बयान लिन जब अस्पताल पुगे पीडितले भनिन् ‘शनिबार सबथोक ठिक थियो । हामी खाना खाइसकेपछि कारमा एक चक्कर लगाउन भन्दै बाहिर निस्कियौं । बाटोमा हामीलाई लाग्यो कसैले हाम्रो पिछा गरिरहेको छ र कार रोक्न आवाज दिइरहेको छ । हामीले वास्ता गरेनौं । तर, जब उनहिरुले ढुंगा हानेर कारको सिसा फुटाइदिए त्यसपछि भने डर लाग्यो । कार रोक्नासाथ तीन जना कारभित्र पसे र मसँग अश्लील हर्कत गर्न थाले ।’ बोल्दाबोल्दै उनी रुन थालिन् । रुँदारुँदै उनले भनिन् ‘अब के गर्न आउनुभयो सर ? सबथोक त बर्बाद भइसक्यो ।’एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com