तीन दलको विवाद सत्ता बाँडफाँडको हो, एजेन्डाको लागि होइन : संयोजक भट्टराई


प्रकाशित मिति : पुस १८, २०७३ सोमबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रमुख तीन दललाई संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर चुनावमा जानुपर्ने सुझाव दिनुभएको छ ।

पछिल्लो समय मुलुकमा जारी गत्यावरोध अन्त्यका लागि भूमिका खेलिदिन आग्रहसहित सोमबार रिपोटर्स क्लबले दिएको ज्ञापनपत्र बुझ्नुहुँदै संयोजक भट्टराईले यस्तो सुझाव दिनुभएको हो । उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, ‘पहिले संविधान संशोधन गर्ने, त्यसपछि प्रदेश अनि स्थानीय तहको पुनर्संरचना गरी चुनावमा जानुपर्छ ।

उहाँले अहिले प्रमुख दलहरुले उल्टो हिड्ने प्रयास गरिरहेको बताउनुभयो । उहाँले अहिले प्रमुख दलहरुबीच जारी विवादको मुख्य चुरो नै सत्ता बाँडफाँडमा आएको मनमुटाव रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले काँग्रेस-एमालेबीच सत्ताका लागि एक प्रकारको समहमति भएको थियो । पछि एमालेलाई नदिएर सुशीलजी आफैँ उठ्नुभयो, अनि फेरि काँग्रेसले प्रचण्डजीलाई अघि सारेर एमालेलाई बाहिर पठायो, यही कुराले उहाँहरुबीच मनमुटाव आएको हो ।’

उहाँले एजेण्डागत रुपमा काँग्रेस, एमाले र माओवादीबीच खासै अन्तर नरहेको स्पष्ट पार्दै सत्ता बाँडफाँडमा कुरा मिले सबै कुरा सल्टिने धारणा राख्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘अब मोही माग्ने ढुंग्रो लुकाउने गर्नु भएन । उहाँहरुलाई चुनावी सरकारको नेतृत्व कसले गर्ने भन्ने चिन्ता छ, तीन दल बसेर सत्ता बाँडफाँडमा सहमति गर्नुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयोजक भट्टराईले सत्ताको खेलमा नयाँ शक्तिलाई अहिले कुनै चासो नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी वैकल्पिक शक्ति हौँ, सत्तातिर हाम्रो ध्यान छैन । चुनावमा सहभागी भएर मुलुकको पहिलो शक्ति बन्दै त्यसपछि आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुन्छौँ ।’ उहाँले नयाँ शक्ति अहिले ६ महिने अभियान अन्तर्गत नागरिकको प्रत्येक घर परिवार नयाँ शक्तिबारे बेखबर नरहोस् भन्दै जनताको घरघरमा नयाँ शक्ति अभियानमा रहेको जानकारी दिनुभयो ।

एक फरक प्रसंगमा संयोजक भट्टराईले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता हुने सम्भावना नरहेको बताउनुभयो । प्रचण्डसँग फेरि एक हुने सम्भावना कत्तिको छ ? भन्ने पत्रकारको जिज्ञासामा डा. भट्टराईले आफूहरु नदीको दुई किनारजस्तो भइसकेको भन्दै अब एकै ठाउँमा आउने सम्भावना नरहेको बताउनुभयो ।

‘हेर्दा नदी एउटैजस्तो देखिन्छ, तर त्यसको दुई किनारा कहिल्यै भेट हुँदैन,’ माओवादीसँग पार्टी एकता हुन नसक्ने प्रष्ट्याउँदै भट्टराईले भन्नुभयो, ‘त्यो सम्भावना छैन ।’ उहाँले उपेन्द्र यादव नेतृत्वको पार्टी संघीय समाजवादी फोरमसँग तत्काल मिलेका एजेन्डाहरुमा सहकार्य गर्दै अघि बढिरहेको तर एकताबारे कुनै कुरा नभएको स्पष्ट पार्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com