बलिउडका चर्चित खलनायकसंग आकासको क्लिक
प्रकाशित मिति : फाल्गुन १, २०७५ बुधबार
भनिन्छ नी कलाकारीता र संगितमा कुनै देशको सिमाना , भाषा र धर्मले प्राथामिकता पाउँदैन किनकी यो आफैमा एउटा पुजा पनि हो । त्यसैले पनि हलिउड , बलिउड र कलिउडबीच कुनै न कुनै रुपमा एकअर्काबीच नाता भनौ वा सम्मान एक अर्कालाई हुने नै गर्छ किनकी कलाकारीता जुनसुकै देशको होस आखिर त्यो कलाकारहरुका लागि एउटा पुजा नै हो । जसरी बलिउडका कलाकारहरु हलिउड भनेपछि मरिहत्ते गर्छन् जसरी उनीहरुबाट प्रभावित छन् नेपाली सिनेमा क्षेत्र पनि त्यसबाट प्रभावित छ ।
बलिउडले हलिउडबाट सिक्यो , कलिउडले बलिउडबाट । त्यसैले पनि हरेक कलाकारहरुले अन्य कलाकारहरुको सम्मान गर्ने गर्छन् । यस्तै सम्मान नायक आकास श्रेष्ठले बलिउड तथा साउथ फिल्ममा बिषेशगरी नेगेटिभ भुमिकामा रुचाईएका अभिनेता मुकेश ऋषिसंगको भेटमा उनले लेजेन्ड भन्दै सम्मान दिएका छन् ।
हाल सम्हालिन्छ कहिले मनको सुटिङका लागि लण्डन पुगेका आकास र मुकेशबीच त्यहाँस्थित एक जिम हाउसमा भेट भएपछि उनले मुकेश ऋषिसंग फोटो क्लिक नगरी बस्न सकेनन् । मुकेश ऋषि पछिल्लो समय बलिउडमा भन्दा साउथ फिल्ममा बढि देखिने गर्छ । जसलाई नेगेटिभ भुमिकामा नै दर्शकहरुले बढि रुचाएका छन् ।






