छि छि ! मन्त्रीज्यू खैनी हातमा थुकेर संसदभित्रै फाल्ने ! (भिडियोसहित)


प्रकाशित मिति : पुस १८, २०७३ सोमबार

 

सरकारले पुस १ गतेदेखि गाडीको झ्यालबाट थुक्न नपाइने नियम लगाएको छ । तर, सोमबार व्यवस्थापिका संसदभित्रै शहरी विकास मन्त्रीले हातमा खैनी थुकेर टेवलमुनि फुत्त फालेको दृश्यले नेपालीहरुको ‘सिभिलाइजेन’ को स्तरलाई राम्रैसित उपहास गरेको छ ।

संसदमा बैठक चलिरहेका बेला शहरी विकास मन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केहीले मुखमा केही चलाएको दृश्य देखियो । उनले गिजामा च्यापेको खैनी जिब्रोले चलाएर ओठ नजिकै ल्याए । अनि आफ्नै हातमा त्यो खैनी थुके र टेवल मुनि फ्यात्त पारेर फाले ।

मन्त्रीले हातमा पिच्च थुकेको दृश्य निकै घिनलाग्दो त देखिन्थ्यो नै, संसदभित्र मर्यादामा बस्नुपर्ने सांसद तथा मन्त्रीको यस्तो हर्कतले सिंगै व्यवस्थापिका संसदको धज्जी उडाएको महसुस गर्न सकिन्छ ।

सभ्य मुलुकहरुमा खानेकुरा खाएर बाटामा केही पनि चिजवस्तु फाल्न पाइँदैन । नेपालीहरुले नै पनि आफ्नो घरभित्र जतासुकै फोहोर वस्तुहरु फाल्न पाइँदैन र त्यसलाई उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, शहरको सभ्यता विकास गर्ने ठेक्का लिएका शहरी विकास मन्त्रीले नै यस्तो लाजमर्दो असभ्यता देखाएपछि हाम्रो देश कहिले सभ्य बन्ला ?

सार्वजनिक स्थलमा धूमपान वर्जित मानिँदै आएको छ । मन्त्रीज्युलाई खैनी च्यापेर संसद् बैठकमा बस्नु सोभनीय होइन भन्ने पक्कै थाहा हुनुपर्ने हो । त्यति पनि थाहा नभए त्यसरी हातमा खैनी थुकेर आफ्नै सीटमुनि फाल्नु मन्त्री त के, कुनै पनि सभ्य मानिसका लागि सुहाउने विषय नै होइन । खैनी र सूर्तीमात्रै होइन, सुपाडी, पानपराग, चुइङ्गम लगायतका चिजहरु पनि खाएर जथाभावी थुक्नु असभ्य क्रियाकलाप मानिन्छ । श्राेत अनलाइन खबर

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com