प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान


प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार

प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ । वागमती, ४ स्याउलेका दीपेन्द्र लोलाई अदालतले जेल तोकेको हो । कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत  पुगेको हो ।

फौजदारी न्यायमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने सिद्धान्त रहेको अदालतका अधिकारी बताउँछन् । जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले १४ वर्षमनिको किशोरीसँग सहमतिमा यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको ठहर गरेको छ ।

लोविरुद्ध ०७५ जेठ ११ गते प्रहरीमा जाहेरी परेको थियो । आरोपित व्यक्ति जेठ ११ थुनामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com