न्युयोर्कमा हिमपात र बरफसहित वर्षा, सडकहरु चिप्ला र हिलाम्मे


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

न्युयोर्कमा मंगलबार विहानको हिमपात र त्यसपछिको बर्षाका कारण सडकहरु चिप्ला भएका छन् भने सडकपेटी हिलाम्मे भएका छन् । न्युयोर्क, न्युजर्सी र कनेक्टिकट लगायतका क्षेत्रमा भएको हिमपातका कारण सयौं सानातिना दुर्घटनाहरु भएका छन् ।

खराब स्थीतिको सामना गर्नुपर्ने अनुमानका कारण न्युजर्सीका गभर्नर फिल मर्फीले राज्य संकटकालको घोषणा गर्दै सरकारी कार्यालय र विद्यालयहरु बन्दको घोषणा गरेका थिए । न्युयोर्कमा भने विद्यालयहरु संचालनमा रहेका थिए ।

हिमपातपछिको अव्यवस्थाका कारण सरकारी अधिकारीहरुले सर्वसाधारणहरुलाई सकभर सार्वजनिक यातायातको प्रयोग गर्न सुझाव दिएका छन् । डिपार्टमेन्ट अफ सेनिटेशनका २ हजार कर्मचारीहरुले काम गरिरहेका छन् भने ६९५ वटा नुनछर्ने गाडीहरु र १ हजार हिउ सोहोर्ने गाडीहरु तैनाथ छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com