रेल्वे लिकमा शव भेटिएका छात्राहरुको कोठामा ‘सुसाइड नोट’ भेटियाे


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

 भरतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो ।

रातो मसीले लेखिएको सुसाइड नोटमाथि रातो गुलाब र घडी राखिएको थियो । सुसाइड नोटमा कसैलाई आरोप लगाइएको छैन ‘हामी पूरै होसमा यो चिठ्ठी लेख्दैछौं, हामी यो संसारमा बाच्न सक्दैनौं, हाम्रो यो निर्णयको पछाडि कसैको हात छैन, हामी दुवै खुसीका साथ यो निर्णय लिएका हौं,’ सुसाइड नोट उद्धृत गर्दौ एसपी ढकालले अगाडि थपे, ‘मम्मी पापा हामीलाई माफ गर्नुहोला, हामीले तपाईहरूको सपना पूरा गर्न सकेनौँ। आई लभ यु पापा ममी।’।

पर्साको कालिमाई गाउँपालिका –२ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका –३ हरिहरपुरकी किरण चौरासियाको शव आइतबार बिहान सीमावर्ती रक्सौल–सुगौली खण्डको कनमा ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो । एक जनाको घाँटी र अर्कोको दुवै घुँडा माथिको भाग छिनेको थियो ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com