भोलि दिनभर न्युयोर्कमा हिमपातको सम्भावना, ६९५ नुन छर्ने गाडी तैनाथ


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

भोलि विहानैदेखि न्युयोर्कमा हिमपात सुरु हुने मौषमविदहरुले अनुमान गरेका छन् । भोलि विहानैदेखि मौषममा वदलाव आई हिमपात र बर्षा हुने अनुमान गरिएको छ । मंगलबार बेलुकासम्म नै यो अवस्था कायम हुनेछ ।

चार इन्चसम्म हिमपात हुने सम्भावना भएपछि न्युयोर्कका सडकहरुमा नुन छरिएको छ । न्युयोर्क सिटीमामात्र थप नुन छर्नका लागि ६९५ वटा नुन छर्ने गाडीहरु र १६ सय वटा हिउँ सोहोर्ने कागडीहरु तैनाथ गरिएको छ ।

हिमपातको बेलामा पुलहरु र ओभरपासहरुमा सावधानी अपनाउन चालकहरुलाई चेतावनी दिइएको छ । गाडीहरु हिउँ र बरफमा रोकिन लामो समय लाग्ने भएकाले अतिरिक्त सावधानी अपनाउन सुझाव दिइएको छ । त्यस्तै बृद्धबृद्धाहरुलाई बाहिर हिड्दा अतिरिक्त सावधानी अपनाउन सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com