चोर्नु, ढाँट्नु पो हुँदैन त काम गरी खान के को लाज ?


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

चोर्नु, ढाँट्नु पो हुँदैन त काम गरी खान के को लाज ? हिजोआज यस्तै आहान प्रशस्त सुन्न पाइन्छ । धुलैधुलोले छपक्क छोपेको खुट्टामा चुट्टिन आँटेको तनेवाल चप्पल,जताततै भेन्टिलेसन भएका कालो कलर तर मयलले हो, धुलोले हो या खुइलिएर खैरो हुनै आँ टेको जिन्स पेन्ट, त्यसमाथि आई लभ नेपाल लेखेको सेतो तर कालो कलरतर्फ उन्मुख टिसर्ट र टिसर्टमाथि जिन्सको कलर नछुट्टिने ज्याकेट लगाएकी त्यस्तै १८–१९ वर्षे तरुनी युवती ढोकामा बसेर चक्रपथ, चाबहिल, एयरपोर्ट भन्दै बालाजुतर्फबाट आइन्। दृश्य : बसुन्धारा चोक समय : दिनको करिब ३ः४५ उनले कपाल गुटुमुटु पोको पारेकी थिइन्, टाउमा रातो रङको रुमाल बेरिएको थियो ।

मुख कालो रङको मास्कले ढाकिएको थियो । झट्ट हेर्दा प्रकृतिले दिएको नारीत्वको उनले खुलेरै विरोधी गरेकी थिइन् । बोलीले मात्रै उनी महिला हुन् भन्ने थाहा पाउन सकिन्थ्यो । किन उनी गाडीमा झुण्डिने जागिर खान आइन् त ? शुक्रवारकर्मीलाई बडो खुल्दुली लाग्यो र जानु अर्कातिर भए पनि त्यही मिनी माइक्रो बसमा चढ्यो । गाडीका सबै सिटहरु भरिपूर्ण थिए, केही यात्रु सकी–नसकी ढाड खुम्च्याएर उभ्भिएका पनि थिए । शुक्रवारकर्मी पनि कम्मरमा हात लगाएर तिनै उभ्भिनेको लर्कोमा सामेल भयो र एकतमास उनै अर्धनारीलाई हेरिरह्यो । मिनी माइक्रो गौशालाको बस स्ट्यान्डसम्म आइपुग्यो ।

यसबीचमा केही यात्रु झरे, केही चढे । सिटमा यात्रु परिवर्तन भइरहे तर उनी भने अन्य स्ट्यान्डमा झैं बिना परिवर्तन, उस्तै स्वरमा यात्रु बोलाउँदै थिइन्, एयरपोर्ट, कोटेश्वर, सात दोबाटो… । उनी जोडजोडले चिच्याउँदै थिइन्, एक वृद्धवृद्धाका जोडी चिच्याहट सुनेर बस नजिक आए र सोधे, ‘यो गाडी काँ जाने खलाँसिनी !’ गाडीमा भएका सबै यात्रुहरु मुखामुख गर्दै हाँस्न लागे तर उनको अनुहारमा कुनै उत्तारचढाव आएन । उनले सहज तरिकाले जाने ठाउँको नाम बताएपछि ‘खलाँसिनी’ शब्दले खासै असर नपारेको बुझियो ।

यो सब हेरिरहेको झनै खुल्दुलीले सतायो र नजिक गएर साउती मा¥यो, ‘तपाईंलाई खलाँसिनी भन्दा नराम्रो लागेन ?’ उनले तुरुन्तै ठूलो आवाजमा जवाफ फर्काइन्,‘धेरैले यसै भन्छन्, त्यसमाथि म खलाँसिनी नै हो त मलाई डाक्टर्नी भनेर बोलाउँछन् त ?’ गाडी भर का यात्रु पुनः गलल्ल हाँसे तर उनी भने सिरियस मुडमै थिइन् । शुक्रवारकर्मीले उनको नाम सोध्यो, घर सोध्यो र यसमा आउनुको कारण सोध्यो । निकै गाह्रो मनेर उनले घर नुवाकोट भएको बताइन् र चालकतर्फ औंला देखाउँदै भनिन्, ‘उहाँ मेरो गाउँले काका ।

गाउँले काकाले घरमा गरिबीले च्यापेपछि काठमाडौं ल्याए र सँगै गाडीमा खलाँसीको काम लगाइदिए । उनको हाँस्न नसकेको मुहार झनै अँध्यारो भयो । खाल्डाखुल्डीमा बुर्लुक्क–बुर्लुक्क उफ्रर्दै गुडिरहेको मिनी माइक्रो, त्यसैमाथि स्टपैपिच्छे मान्छे बोलाउन चिच्याउनु पर्ने कारण अन्य कुरा मनमा नै राखेर शुक्रवारकर्मी ओर्लियो ।यो त प्रतिनिधि घटना मात्रै हो ।नयाँ बसपार्क, बसुन्धरा, महाराजगन्ज…. भन्दै गाडीको ढोका ढ्यापढ्याप पार्ने पुरुषको भिडमा हिजोआज महिला अनुहार बढी नै देखिन थालिएको छ । सुरुसुरुमा देख्नेहरु त अचम्म पनि मान्छन् । लौ केटी पनि खलाँसी भन्दै आपसमा कुरा गर्छन् ।

बाँकी नेपाल डेली पोस्टमा पढ्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com