आमाको गुनासो ‘बुहारीसँग घण्टौं कुरा गर्ने छोरा हामीसँग किन बोल्दैन’


प्रकाशित मिति : माघ २८, २०७५ सोमबार

‘किन हो कुन्नी अचेल छोराले फोन गर्दैन । बुहारीसँग त दिनदिनै कुरा हुन्छ तर हामीसँग कुरा नभएको धेरै भइसक्यो ।’ छोराले बिर्र्सिएका कुरा सुनाइरहँदा धादिङकी हरिमाया (नाम परिवर्तन)का आँखा भरिए ।

तर आँसु झर्न नपाउँदै पटुकाको फेरले पुछ्नुभयो अनि आफैंले चित्त बुझाउनुभयो ‘सन्चो बिसन्चो थाहा भइहाल्छ त्यही भएर फोन नगरेको होला ।’हरिमायालाई चित्त दुख्नु अस्वभाविक थिएन । किनकी छोरा भनेपनि छोरी भनेपनि एकजना मात्रै थिए । आफू ६० टेकिसकेका बेला भएको एउटा सन्तान पनि विदेशीदा हरिमायाको मन त्यतिबेलै कुँडिएको थियो । ‘तर पनि गरिखानलाई रोक्नु पनि त भएन’ हरिमायाले भन्नुभयो ।

मलेसिया गएको ५ वर्ष भन्दा धेरै भयो । महिनौ हुँदा पनि बोल्न नपाएकी हरिमाया एक पटक बुहारी छोरासँग बोलिरहेका बेला सुन्नलाई नजिक जानुभएको थियो, त्यही निहुँमा बुहारीसँग झगडा पनि पर्यो । बुहारीले चियो गर्न आएको भनेपछि झगडा परेको सुनाउनुभयो हरिमायाले ।

सानीकान्छी (नाम परिवर्तन) छोराको आवाज सुन्नकै लागि भएपनि साँझ अबेला सुत्नुहुन्छ । कारण छोराले बुहारीलाई राति मात्रै फोन गर्छन् । छोरासँग बोल्न नपाएको वर्ष दिन भएपछि उहाँ रातिसम्म सुत्नुहुन्न् । बुहारीले बोलेको आधारमा उहाँ छोरालाई राम्रै रहेछ भन्ने अड्कल काट्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सानीकान्छीका छोरा मलेसिया गएको चार वर्ष भयो । यो चार वर्षमा मा उहाँलाई मुस्किलले चार पाँच पटक मात्रै बोल्न पाउनुभएको छ । त्यसैले कहिले काहिँ उहाँलाई बिहे गरेपछि छोरा पनि बेग्लै हुन्छ की ? अनि मायाँ कम हुन्छ की ? जस्तो लाग्छ । तर उहाँको यो प्रश्नको उत्तर दिने कोही छैन । त्यसैले एक दिन त छोराको मन फर्किएला भन्ने आशामा हुनुहुन्छ ।

हरिमाया र सानीकान्छीको भन्दा फरक छैन निलकण्ठ नगरपालिकाकी फुलकुमारी (नाम परिवर्तन)को व्यथा पनि । उहाँको पनि कतार गएको छोराको फोन दिन बिराएर आउँछ तर बुहारीलाई मात्रै । बुहारीसँग लामै कुरा गर्छन छोराले तर बुवाआमासँग महिनौ बित्दा पनि कुरा हुँदैन ।

फेरि उहाँ सानीकान्छीको जस्तो बुहारीसँग बोलेको सुनेर निदाउन सक्नुहुन्न् । ‘छोरोसँग बोल्न नपाउँदा मन पालेर सुत्नै सक्दिन केहि पो भयो की जस्तो लाग्छ । पापी मनै त हो के के सोच्न आउँछ ।’ फुलकुमारीले भन्नुहुन्छ ।

‘परदेशमा रहेकाहरुले घरमा रहेका बाआमा सँग बोल्दिए मात्रै पनि हामीलाई लाख हुन्छ’ परदेशीको बुवाआमा गुनासो गर्छन ‘तर उनीहरुले के सोच्छन कुन्नी बोल्न खोज्दैनन् । उसले कमाउने त उसकै लागि अनि उसकै परिवारको भविष्यका लागि त हो हामीलाई केही चाहिँदैन तर छोराहरुले यो सोच्दैनन जस्तो लाग्छ ।’

सन्चो विसन्चो त बुहारीबाट थाहा पाउँछन उनीहरुले तर आफैंले सुनेको जस्तो नलाग्ने उनीहरुको गुनासो छ । ‘हप्ताको एक दुई पटक समय मिलाएर फोन गरेर बाआमाको हालखबर सोधिदिए मात्रै हामीलाई पुग्थ्यो अरु केही चाहिँदैन’ हरिमाया भन्नुहुन्छ । त्यसमाथि फोन गर्ने अभिभावकहरुसँग भेट्दा झनै नरमाइलो लाग्ने उनीहरुको भनाइ छ । ‘उनीहरुले आफ्नो छोरा; छोरीले फोन गरिरहन्छ भन्दा हामीलाई कति नराम्रो हुँदो हो सोच्नुस् त ?’ हरिबहादुर (नाम परिवर्तन) ले दुखेसो पोख्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com