अर्थमन्त्रीको नाममा हुन्डी कारोवारीको असुली ?


प्रकाशित मिति : पुस १८, २०७३ सोमबार

आज प्रकाशित साघु साप्ताहिकले प्रकाशित गरेको समाचारमा अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएको छ । साँधुको समाचारमा छ, देशको अर्थतन्त्र सुधार्ने ठाँउमा पुगेका अर्थमन्त्री कृष्णबहादुर महरा देशको अर्थतन्त्र सुधार्न भन्दा आफ्नै व्यक्तिगत स्वार्थमा लिप्त भएर लागेको भन्दै पार्टीभित्र उनको आलोचना शुरु भएको खवर छ । मन्त्री महरामाथि पदको दुरुपयोग गर्दै अपारदर्शी ढंगले आर्थिक गतिविधि अगाडि बढाएको आरोप छ ।

विवादास्पद व्यक्तिलाई अगाडि सारेर मन्त्री महरा संदिग्द गतिविधिमा सामेल भएपछि पेरिसडाँडामा यसको चर्चा हुन थालेको छ । स्रोतका अनुसार, अर्थमन्त्री महराले काठमाडौं मूलपानीका विवादास्पद हुन्डी व्यवसायी रमेश तिवारीलाई अघि सारेर आर्थिक संकलनलाई भूमिगत शैलीमा तीव्रता दिएका छन् । यसका लागि अनामनगरमा कार्यलयसमेत खोलिएको साँधुको समाचारमा छ ।
साँघु साप्ताहिकले ठेकेदार मन्त्रीका पिए असुलीमा लागेको भन्दै समाचार पनि प्रकाशित गरेको छ । समाचारमा मन्त्री विक्रम पाण्डेले झापाको गिरीबन्धु टी स्टेटको एक सय ५५ विघा जग्गाको हदबन्दी फुकुवा गरी करोडौं रुपैयाँ कमिशन कुल्लाउने योजनलाई अन्तिम रुप दिन थालेको उल्लेख छ ।

सोही पत्रिकाले संचारमन्त्री विरुद्ध सर्वोच्चमा मुद्धा परेको, कृषिमन्त्री गौरीशंकर चौधरीले धनका लागि सरुवामा चासो दिएको समाचार पनि प्रकाशित गरेको छ । यसबाहेक पत्रिकाले त्रिवि रिजिष्ट्रारकै प्रमाणपत्र शंकास्पद रहेको, अध्यागमनमा महानिर्देशकको सेटिङ रहेको, राष्ट्र वैंकमा एकपछि अर्को गाइजात्रा देखिएको लगायतका समाचार पनि प्रकाशित गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com