शिव शर्मा चञ्लको परदेशी रुवाउने ‘आमाको आँसु ’


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

परदेशमा रहदा आमा गुमाउदाको पीडा कस्तो छ । त्यो भन्दा पीडा अझै स्वदेश फर्कन नपाउदा कस्तो हुन्छ । परदेशीहरुको वास्तविकतालाई पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलले मार्मिक शब्दमा उतारेका छन् । देश छाडेर परदेशीएकाहरुलाई चस्क पार्ने मन मार्मिक गीत आमाको आँसु ल्याएका छन् । उनले आफनै दिवंगत आमा जमुना कुमारी भट्टराईको वार्षिक पुण्य तिथिको अवसर पारेर आमालाई सम्झदै गीत ल्याएका हुन । यो मेरो आमाको मात्र नभई सबै परदेशीहरुको सामुहिक गीत हो’ उनले भने–‘परदेशमा रहदा घरपरिवार गुमाउदाको पीडा संगै परदेशको पीडा यसमा पोखिएको छ ।’

अमेरिकाको टेक्ससको युलेस स्थित फिस्टेल नेपाली रेष्टुरेन्टमा शनिवार गीतको भीडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतले कार्यक्रममा उपस्थित धेरैका आ“खा रसाए । कार्यक्रममा बोल्दै वरिष्ट चलचित्र निर्देशक नारायण पुरीले गीतले सबै परदेशीलाई छुने हदयविदारक भएको बताए । ‘गीत राम्रो लागेर भीडियो निर्माणका लागी पहल गरे’ निर्देशक पुरीले भने–गीतले आमा संगै माटो र देश बोलेको छ । लेखक तथा निर्देशक शैलेश आचार्यले गीतका भावुक शब्दले सबै परदेशीको आँत छाम्ने बताए । धेरै यथार्थ गीतले बोलेको छ’ उनले भने–‘आमा हुने र नहुने सबैलाई यो गीतले सन्देश दिनेछ ।’

कार्यक्रममा बोल्दै एनआरएनका पुर्व उपाध्यक्ष तथा युवा व्यवसायी राम सि पोखरेलले गीतले आफुलाई भावुक बनाएको बताउदै गीतले सबैलाई छुने बताए । उनले स्वर शब्द र भीडियोले गीत उत्कृष्ट बनेको छ उनले भने–‘आमाको वार्षिक तिथी गीत नै सार्वजनिक गरेर सर्मपण गर्नु ठुलो उपलब्धी मान्नुपर्छ ।’ प्राध्यापक तथा साहित्यकार प्रभात दिक्षितले गीतले आफनो आँखा रसाएकोब बताउदै पछिल्लो क्रममा परदेशीहरुका लागी यो गीत मन छुने बताए । उनले भने– यो केवल स्रष्टाको मात्र नभई जीवित र दिवंगत आमाहरुको गीत हो । कार्यक्रममा नेपाली समाज टेक्ससका सचिव डा परशुराम दादाल, नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष विकासराज न्यौपाने, सचिव सुरज श्रेष्ठले आमाको आ“सु सबै परदेशीको पीडा भएको बताएका थिए ।

गीतले परदेशमा रहदा आफन्त गुमाउदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा उतारिएको छ । यो मार्मिक गीतलाई गोविन्द मधुर आचार्यले सुमधुर आवाज दिएका छन् । गीतमा उनलाई गायिका वसन्ता प्रकृतिले साथ दिएकी छन् । गीतमा संगीत र एरेन्ज समेत गायक आचार्यले गरेका छन् । गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । म्युजिक भिडियो समेत निर्माण भएको गीतलाई शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्ष्ँेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ट चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वर– गोविन्द मधुर आचार्य र वसन्ता प्रकृति
रचना शिव शर्मा चञ्चल
संगीत/एरेन्ज– गोविन्द मधुर आचार्य
निर्देशन/सम्पादन– शिव पुरी
क्यामेरा रामेश्वर कार्की
प्रस्तुती–८८४८ एलएल सि एण्ड एभ्स
निर्माण सहयोगी– किसन रेग्मी र भुपेन्द्र न्यौपाने
मोडल–अन्जु देउजा,राजा कुमार घोष, रेगन क्ष्त्री, हरि दवाडी ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com