नबराज केसी को ‘लगेज फर लाइफ’अभियान


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले अघि सारेको बिभिन्न योजनामध्ये लगेज फर लाइफ कार्यक्रमको पहिलो लगेज हालैमात्र काठमाडौं पुगेको छ ।

क्लबका प्रेसिडेन्ट इलेक्ट नबराज केसीका अनुसार असक्त बुढा-बुढी तथा बेसहाराहरुलाई आश्रय दिदै अाइरहेको पवित्र सेवा समाज काठमाडौंलाई उक्त लगेज उपलब्ध गराएको हो ! न्यूयोर्कबाट काठमाडौं जान लागेका नरेन्द्र आचार्यले उक्त लगेज आफ्नो साथै लगेर पबित्र सेवा समाजकी संचालक दिक्षा चापागाईलाई जिम्मा लगाएका हुन ।

रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सका संस्थापक तथा नवप्रबेसी सदस्यहरु अहिले क्लबले अघि सारेको योजनालाई साकार पार्न निरन्तर लागिपरेका छन ! अहिले न्यूयोर्कबाट नेपाल जान लागेका र तयारी गरिरहेका नेपालीहरु हामीले खोजी गरीरहेका छौ, प्रेसिडेन्ट इलेक्ट नबराज केसीले भने -हामीसँग अहिले करिब ७ वटा लगेज तयारी अवस्थामा छ ! यदि न्यूयोर्कबाट कोही नेपालीहरु काठमाडौं जादै हुनुहुन्छ भने सामाजिक सेवाको यो पुन्य कार्यमा हातेमालो गरेर लगेज फर लाइफलाई सफल बनाउन केसीले आग्रह गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्लबका प्रेसिडेन्ट इलेक्ट केसीको परिकल्पना हो, लगेज फर लाइफ ! लगेज फर लाइफ कपडा, खानेकुरा, स्टेसनरी लगायत दैनिक जीवनयापनका लागि अति आबस्यक बस्तुहरु जो खान, लाउन र दिनदैनिकी चलाऊन नसकेर अरुको सहारामा जीवन गुजारा गरिरहेकाहरुका लागि लक्षित कार्यक्रम हो ।

आगामी दिनमा लगेज फर लाइफ लगायत अन्य प्रभावकारी कार्यक्रमलाई समाजउन्मुख हुनेगरी योजना बुनिरहेको रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले यस सामाजिक संस्थामा आबद्ध हुन अपिल गरेको छ । लगेज फर लाइफ अन्तर्गत सन्चालित पहिलो लगेज प्राप्त गरेकी पवित्र सेवा समाजकी संचालक दिक्षा चापागाईले रोग, भोक र अभावमा बचिरहेका आमा, बाबा, बुढा-बुढीका लागि लत्ताकपडा तथा बन्दोबस्तीका सामान पठाएर रोटरी क्लब अफ न्यूयोर्क, कुइन्सले महान कर्म गरेको प्रतिकृया दिएकी छिन् । उनले यस प्रकारको सहयोग निरन्तर पाइरहने समेत बताएकी छिन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com