कोरियाको ग्लोबल शान्ति सम्मेलनमा नेपाली चेली बिष्णुमाया, दुई कोरियाबीच शान्तिको आब्हान गरिने
प्रकाशित मिति : माघ २७, २०७५ आईतबार
अमेरिकामा महिला अधिकार, शशक्तिकरण र शान्तिको क्षेत्रमा कृयाशिल सामाजिक अभियन्ता नेपाली चेली डाक्टर बिष्णुमाया परियार दक्षिण कोरियामा जारी ग्लोबल शान्ति सम्मेलनमा सहभागी भएकी छिन् । शनिबारदेखि सुरु प्योङच्याङ ग्लोबल पिस फोरम सोमबारसम्म जारी रहनेछ ।
सम्मलेनले उत्तर कोरिया र दक्षिण कोरियाबीच शान्ति कायम गराउन रिजोलुसन समेत पारित गर्नेछ । रिजोलुसनमार्फत उत्तर कोरिया र दक्षिण कोरिया लगायत अन्य सम्बन्धित देशहरुलाई सन् १९५० देखि सन् १९५३ सम्म जारी कोरियन युद्धको अन्त्य गरेर शान्ति सम्झौतामा हस्ताक्षर गर्न आब्हान गरिनेछ ।

सम्मलेनले विश्व शान्तिका लागि विश्वका विभिन्न देशहरुलाई आवश्यक कदमहरु चाल्न समेत आब्हान गर्नेछ । तर दुई कोरियाबीचको शान्तिका लागि आब्हान गर्न उक्त सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा डाक्टर परियारले कार्यपत्र प्रस्तुत गर्नेछिन् ।






