बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न सक्नेछ ।
‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारीमध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्र्याकमा निजगढ कार्यदलले अन्तिम बिन्दुतर्फको (पूर्व–पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।