प्रहरीले पत्ता लगायो निर्मलाका हत्यारा


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लागेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको बताइको छ । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक र दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको बताइएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरुको डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका थिए ।

यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ । यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बताएको छ

केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए । निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com