कालिञ्चोकमा लगातारको हिमपातले पर्यटक उत्साहित


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

दोलखाको कालिञ्चोक क्षेत्रमा बिहीबारदेखि लगातार हिमपात भैरहेको छ। शुक्रबार पनि बिहानैदेखि हिमपात भएकाले पर्यटकलाई मन्दिर पुग्न कठिनाइ भएको स्थानीय बताउँछन्। बिहीबार बिहानैदेखि लगातार हिमपात भएपछि अहिले दुई फिटभन्दा बढी हिउँ जमेको स्थानीय बताए।

टायरमा जन्जीर भएको सानो सवारी साधनमात्र कुरीसम्म पुग्ने भएकाले अघिल्लो शुक्रबार र शनिबार जति पर्यटक यो शुक्रबार मन्दिरमा आउन नसकेको उनिहरु बताउँछन्। कालिञ्चोकको प्रवेशद्वार कुरीमा करिब ४० वटा होटल रहेका छन्।

फोनबाट कालिञ्चोकका सबै होटल बुक भएको तर लगातारको हिमपातका कारण सबै पर्यटक भने आइनसकेको ,मौसमका कारणले आउन कठिनाइ नभए शुक्रबार रातिसम्म ३,४ हजार पर्यटक कालिञ्चोक आउने होटेल ब्यबसाइहरुको भनाइ छ।

लगातारको हिमपातले बाटोभरि हिउँ जमेपछि ठूलो तथा टायरमा जन्जीर नभएका सवारी साधन भने गैरीबाट माथि जान सकेका छैनन्। गैरीबाट पैदल जाँदा मन्दिर पुग्न २,३ घण्टा लाग्ने स्थानीय बताउँछन्।लगातारको हिमपातले केही असजिलो भए पनि चारैतिर हिउँले डाँडाकाँडा ढाकेकाले पर्यटकहरू निकै उत्साहित भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘लगातारको हिमपातले केही असहज भए पनि कालिञ्चोक आउने पर्यटकहरू सबै खुसी देखिएका छन्’,  ‘सबै पर्यटक हिउँमा खेलेर निकै रमाइलो गरिरहेका छन्।’

३८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महœवपूर्ण मानिन्छ। कालिञ्चोकको कुरीबाट मन्दिरसम्म केबलकार सञ्चालन भएपछि पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय होटल व्यवसायीहरूको भनाइ छ।

झन्डै ४ हजारको उचाइमा रहेको मन्दिर परिसरको जलकुण्ड नै कालिञ्चोकको मुख्य विशेषता हो। हिमपातले मन्दिर परिसर तथा जलकुण्डसमेत ढाकिएपछि पर्यटक झन् उत्साहित बनेको छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com