ईन्जा एसिया गठन, अध्यक्ष टंक पन्त


प्रकाशित मिति : माघ २६, २०७५ शनिबार

अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जाको एशिया च्याप्टर वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तराष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । वरिष्ठ पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष हुनुहुन्थ्यो ।

नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुंग(कोरिया) रहनुभएको छ । समितिको महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ । यो तदर्थ समिती हो ।

उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा ‘ईन्जाका साथी’ (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक ब्यबस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि ‘ईन्जाका साथी’ गठन हुने छन । यसप्रकार सम्वन्धित देशको कानून अनुसार गठन भएका ‘ ईन्जाका साथी ‘ का अध्यक्षहरु त्यस क्षेत्रको सम्वन्धित ईन्जाको छेत्रीय समितीको सदस्य हुने प्रावधान राखिएको छ। साथै अध्यक्षले छेत्रीय समितीमा पत्रकारका हक हितमा काम गर्दै आएका संघ सस्थाबाट तीन जना प्रतिनिधी मनोनित गर्न सक्ने प्रावधान समेत रहेको छ ।

महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारीताको बिकास तथा नेपाली भाषी पत्रकारहरुको हितमा काम गर्ने छन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा  जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर-राजनितिक तथा गैर-सरकारी सामाजिक संस्था हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com