प्राशा तुलाधरको अन्त्यष्टी शनिबार न्युयोर्कमा


प्रकाशित मिति : २६ माघ २०७५, शनिबार

बिहिबार न्युयोर्कमा निधन भएकी प्राशा तुलाधरको पार्थिव शरिरको अन्त्येष्टी शनिबार गरिने भएको छ ।
सन् २०१६ को फरबरी ९ मा न्युयोर्कमा फोक्सो फेरेर पुनर्जीवन प्राप्त गरेकी प्राशाको विहिबार निधन भएको हो । प्राशाको अन्त्येष्टी न्युयोर्कमा ७२२७ ग्राण्ड एभिन्यु म्यासपेथमा रहेको पापाभेरे फ्युनेरल होममा विहान ९ बजे गरिने भएको छ ।

गत डिसेम्बरमा फोक्सोमा इन्फेक्सन भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको फोक्सो र मृगौलाले समेत काम गर्न छाडेको थियो ।

सन् २०१६ को फरबरीमा फोक्सो प्रत्यारोपणपछि तीनमहिना उपचार गरेर अप्रिलमा प्राशा घर फर्किएकी थिइन् । त्यसपछि उनी अंगदान अभियानमा समेत सकृय रहेकी थिइन् । अंगदान र स्क्लेरोडोर्मा रोगका बारेमा जनचेतना जगाउने क्रममा प्राशा सन् २०१८ मा न्युयोर्क राज्यका सांसदहरुलाई भेट्न उनका पतिसहित क्यापिटल हिल समेत पुगेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको प्रेस्वेटेरियन अस्पतालको आईसीयुमा केही हप्ता देखि इक्मो, भेन्टिलेटर र डायलोसिस मेसिनमा राखिएको थियो । विगतमा प्राशाको उपचारका लागि अमेरिकामा रहेको नेपाली समुदायले ठूलो सहयोग गरेको थियो । अन्तत प्राशाले सबैलाई छाडेर यो संसारबाट विदा भएकी छिन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com