फुटबल ग्राउण्डमा आगलागी हुँदा १० खेलाडीको मृत्यु
प्रकाशित मिति : माघ २६, २०७५ शनिबार
ब्राजिलको एक फुटबल ग्राउण्डमा आडलागी हुँदा कम्तिमा १० खेलाडीको मृत्यु भएको छ । ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गोको ट्रेनिंग सेन्टरमा आगलागी भएको हो ।
आगलागीमा फ्लामेङ्गो क्लबका १० खेलाडीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । शुक्रबार भएको आगलाीका बेला उनीहरु सुतिरहेको अवस्थामा रहेको जनाइएको छ । सुतिरहेको अवस्थामा खेलाडी रहदा उद्धार हुन नसकेको बुझिएको छ ।
एक खेलाडीलाई शरिरको ३५ प्रतिसत भाग जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको बताइएको छ । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् ।
रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक फ्लामेङ्गो प्रशिक्षणस्थललाई हालै करिब ६३ लाख खर्च गरेर सुविधाहरु थप गरिएका थिए | एजेन्सी






