अदालतले कार्यान्वयनमा रोक लगाएको एसाइलम प्रतिबन्धमा ट्रम्पले थपे ९० दिन


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमा क्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्नेहरुलाई एसाइलम नदिने घोषणाको अवधि थपेका छन् । अदालतले कार्यान्वयनमा रोक लगाएको पूरानो कार्यकारी आदेशको ९० दिन सकिदै गर्दा ट्रम्पले अर्को ९० दिनको अवधि थपेका हुन् ।

आधिकारिक पोर्ट अफ इन्ट्रीबाहेक अन्य क्षेत्रबाट अमेरिका प्रवेश गर्ने कागजपत्रविहिनहरुलाई अमेरिकामा एसाइलम आवेदन दिन वञ्चित गर्ने कार्यकारी आदेशमा ट्रम्पले ९० दिन थपेका हुन् । यद्यपी यो आदेश कार्यान्वयनमा अदालतले रोक लगाइसकेको छ ।

ट्रम्पले नयाँ घोषणामा हरेक दिन २ हजारका दरले दक्षिणी सिमाबाट कागजपत्रविहिनहरु अमेरिकामा प्रवेश गरिरहेको उल्लेख गरेका छन् ।

गत जनवरी ९ मा ट्रम्पले पोर्ट अफ इन्ट्रीमा आएर आत्मसपर्मण गर्नेहरु बाहेक सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्नेलाई ९० दिन एसाइलमको अधिकारबाट वञ्चित गर्ने कार्यकारी आदेश जारी गरेका थिए । तर लगत्तै क्यालिफोर्नियाका न्यायाधिसले उक्त आदेश कार्यान्वयनका लागि रोक लगाएका थिए । डिसेम्बरमा सर्बोच्च अदालतले पनि क्यालिफोर्नियाका न्यायाधिसको आदेशलाई नै सदर गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ घोषणामा ट्रम्पले अदालतको आदेशबिरुद्ध अपिल गर्ने जनाएका छन् । अदालतले कार्यान्वयनमा रोक लगाएको एसाइलम प्रतिबन्धको अवधि ट्रम्प प्रशासनले बढाउनु अर्थहिन भएको अधिकारकर्मीहरुले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com