राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभयो ।
राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । त्यसअवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।