सरकारले ल्यायो छुट्टै ग्याँस पसल हुनुपर्ने मापदण्ड


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

सुनिता सिटौला

दैनिक जीवनमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको अति प्रज्वलनशील पदार्थ ग्याँसको कारोबार जहाँ पायो त्यहीं अस्तव्यस्त तरिकाले हुने गरेको छ।

हामी सहर बजारमा किराना पसल, पानी पसल जहाँ पनि ग्याँसको कारोबार हुने गरेको देख्छौं। अझ गाउँघरमा त ब्यूटी पार्लरमा पनि ग्याँसको कारोबार हुने गरेको उदाहरणहरू प्रशस्त छन्।

जहाँ जस्तो पसलमा पनि सजिलै ग्याँस लिन पाउँदा यसबाट उपभोक्ता लाभान्वित त भएका छन् तर ग्याँसका दुर्घटना पनि प्रशस्तै मात्रामा भइरहेको हामीले सुन्दै र भोग्दै आएका छौं।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसलाई मध्यनजर गरेर सरकारले ग्याँसको कारोबारलाई मर्यादित र व्यवस्थित गर्नका लागि ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणा ल्याउने भएको छ। अवधारणामा व्यवसायीसँग छलफल भइरहेको आयल निगमका आन्तरिक नियन्त्रण तथा अनुगमन विभागका प्रमुख भानुभक्त खनालले जानकारी दिए।

ग्याँस बिक्रेता प्रमाणीकरण अवधारणाले ग्याँसको छुट्टै पसल हुनुपर्ने मापदण्ड तोकेको छ। साथै ग्याँस बेच्ने व्यापारी ग्याँस प्रयोगको सम्बन्धमा तालिम प्राप्त हुनेपर्ने छ।

ग्याँस पसल सञ्चालनका लागि आवश्यक दर्ता प्रक्रिया पुरा गरी नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बिक्रेता प्रमाणीकरणको प्रमाणपत्र हुनुपर्ने छ।

ग्याँस विक्रेता प्रमाणीकरणको अवधारणा भित्र ग्याँसको छुट्टै पसल हुनुपर्ने, सम्बन्धित कम्पनीले बिक्रीको अनुमति दिएको हुनुपर्ने, ग्याँसको प्रयोग सम्बन्धमा तालिम प्राप्त बिक्रेता हुनुपर्ने, ग्याँस पसलमा अग्नी नियन्त्रण गर्ने यन्त्र हुनुपर्ने, मूल्य सूची हुनुपर्ने, तराजु हुनुपर्नेलगाएतका मापदण्ड समावेश गरिएको छ।

यो अवधारणा कार्यान्वयनमा आएपछि ग्राहकले आफूलाई शंका लागेको खण्डमा ग्याँस जोखेर लैजान सक्नेछन्।

अब ग्याँस बिक्रेताले ग्याँस मात्र बिक्री नगरी ग्याँसमा  प्रयोग हुने गुणस्तरीय सामान पनि बिक्री वितरण गर्नु पर्नेछ।

ग्याँसका लागि प्रयोग हुने गुणस्तरीय रेगुलेटर, तारले जेलिएको रबरको पाइप, गुणस्तरीय चुलो, ग्याँस लाइटर ग्याँस पसलमा राख्नुपर्ने छ।

प्रज्वलनशील पदार्थको कारोबार अत्यन्तै अस्तव्यस्त तरिकारले भइरहेकोले यसलाई व्यवस्थित र मर्यादित बनाउन ग्याँस बिक्रेता प्रमाणीकरणको आवश्यक परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समितिका महानिर्देशक योगेन्द्र गौचनले बताए।

‘अहिले चामल पसल, मेडिकल, होटल सञ्चालन गर्नेले समेत ग्याँस बेचिरहेका छन्। अब यसलाई यो अवधारणाले नियन्त्रित गर्छ,’ गौचनले भने।

अहिले ग्याँसका डिलर धेरै भएकाले पनि यसलाई व्यवस्थित गर्न ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणा अपनाइएको नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताए।

अहिले ग्याँस पसल राख्न सामान्य प्राबधान भएकाले प्रशस्त मात्रामा डिलर छन्। व्यवसायीलाई सरकाले दिएको कमिशनले पुगेको छैन। अवधारणा कार्यान्वयनमा आएपछि डिलर व्यवस्थित हुने र आम उपभोक्तलाई समेत यसले हित गर्ने उनको भनाइ छ।

उनका अनुसार डिलरमा कुन–कुन ग्याँस राख्ने, कति राख्ने भन्ने विषयमा कमिटीमा छलफल भईरहेको छ।

ग्याँस व्यवसायलाई व्यवस्थित र मर्यादित गर्न सरकारले ल्याएको ग्याँस सञ्चालनको मापदण्डलाई ग्याँस व्यवसायीले सक्दो सहयोग गर्ने नेपाल ग्याँस विक्रेता महासङ्घका उपाध्यक्ष चन्द्र थापाले बताए।

‘सरकारले हाम्रो निम्ती ल्याएको यस नियमलामई देशभर पूर्णरूपमा कार्यान्वयन गर्नमा हामी ग्याँस व्यवसाय सरकारसँग हातेमालो गरेर अगाडि बढ्ने छौँ’, उपाध्यक्ष थापाले भने।

यो अवधारण नयाँ नभएर  विगत ३ वर्ष  देखि नै आएको उपाध्यक्ष थापा बताउँछन्। काठमाडौं उपत्यकामा २६ सयको हाराहारीमा डिलर ग्याँस बिक्रेता प्रमाणीकरणको अवधारणामा आइसकेका छन्। विचमा यो सरकार र व्यवसायी दुवैको लापरबाहीले सुस्तायो। दिनप्रतिदिन दुर्घटना बढेपछि फेरी यो बिक्रेता प्रमाणीकरणको अवधारणा आएको उनले बताए।

‘हामी व्यवसायी भएर यो व्यवसायलाई व्यवस्थित गर्न पर्छ भनेर धेरै लामो समय देखि सङ्घर्ष गरिरहेका छौं। तर पनि व्यवस्थित हुन सकिरहेको छैन’, उपाध्यक्ष थापाले भने, ‘पछिल्लो समय विभागले जुन तदारूकता देखाएको छ। यसले यो छिटै कार्यान्वयनमा आउने देखिन्छ।’

अहिले कतिपय ग्याँस बिक्रेता नै ग्याँसको उपयोग सम्बन्धमा जानकार छैनन्। उपभोक्ताको घरमा ग्याँसबाट उत्पन्न समस्याको विषयमा ग्याँस बिक्रेता जानकार हुनुपर्ने उपाध्यक्ष थापाको भनाइ छ।

विगतका दिनमा ग्याँस उपयोगको जनचेतनाको कमीले पनि ग्याँस दुर्घटना निम्त्याएकोले ग्याँस प्रयोगकर्तालाई ग्याँसको उपयोग सम्बन्धी तालिम दिनपर्ने उनले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com