बुहारीले फलामको ढुंग्रीले हान्दा ससुरा ठहरै


प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार

आगो फुक्ने फलामको ढुंग्रीले हानेर एक बुहारीले ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका-४ रुम्जाटारकी ३५ वर्षीया तारादेवी गुरुङ अंशका विषयमा विवाद हुँदा बिहीबार बिहान १० बजे ढुंग्री प्रहार गरेर ७५ वर्षीय ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन्।

फलामको ढुंग्री टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै ज्यान गएको स्थानीयले बताए। चौकी नजिकै भएकाले अभियुक्तलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो।

छुट्टिएर अलगै घरमा बस्दै आएकी तारादेवीले अंश तथा जग्गाको विवाद हुँदा ससुरामाथि ढुंग्री प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइको प्रहरीले बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com