सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन


प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार

सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नाराका साथ जिल्लाका सो कार्यक्रम कार्यान्वयनका लागि चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।

चालू आवमा मन्त्रालयले उपलब्ध गराएको बजेटबाट राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडमार्फत कृषक, सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको र उखु र चैतेधानको बीउ पनि वितरण गरिने उक्त मन्त्रालयका प्रवक्ता नीलकण्ठ पोखरेलले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक बिघादेखि १० बिघासम्म खेती गर्न चाहनेलाई मात्र बीउ शतप्रतिशत अनुदानमा वितरण गर्ने मापदण्ड बनाइएको उहाँको भनाइ थियो ।

(रासस)

Print

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com