हुण्डी रोक्न लागत घटाउ : कार्यदल


प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार

वैदेशिक रोजगारीमा गएकाहरुले   पैसा पठाउँदा लाग्ने लागत घटाएर,  अवैधानिक रुपमा पठाउने क्रम कम गर्न  सरकारलाई कार्यदलले सिफारिस गरेको छ ।

रेमिट्यान्सलाई औपचारिक रुपमा भित्र्याएर उत्पादनमूलक क्षेत्रमा उयोग गर्ने विषयमा सरकारलाई सुझाव दिन गठन गरिएको कार्यदलले नेपालीहरु रोजगारीमा जाने प्रमुख गन्तव्य देशहरुबाट बैकिङ् प्रणालीबाट पैसा पठाउँदा लाग्ने लागत र समय घटाउने उपाय खोज्न सरकारलाई सुझाव दिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाउँदै कार्यदलले गाउँमा बैंकको सुविधा पनि नहुँदा समस्या हुने भएकाले वैदेशिक रोजगारीमा गएकाहरुले हुण्डी लगायतका अवैधानिक प्रणालीबाट रेमिट्यान्स पठाइरहेको पाइएको उल्लेख गरेको छ ।

अहिले नेपालीहरुका प्रमुख गन्तव्य देशहरुबाट पैसा पठाउँदा २ सय अमेरिकी डलर पठाउँदा ४ दशमलव ५ प्रतिशत र ५ सय अमेरिकी डलर पठाउँदा ५ प्रतिशत लागत लाग्ने गरेको कार्यदलको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com