मनाङमा भारी हिमपात, तापक्रम माइनस २० डिग्री तल पुग्यो
प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार
मनाङमा वर्षासँगै पुनः हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । बुधबार साझदेखि निरन्तर हिमपात भएको हो । मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने ‘मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा वर्षासँगै बाक्लो हिमपात भएको छ।
तापक्रम माइनस २० डिग्री पुगेको छ भने तल्लो भेग चामे, तिमाङ, दानक्यु र वगरछापमा तापक्रम माइनस १५ डिग्री पुगेको छ ।’ वर्षासँगै भएको हिमपातका कारण अत्याधिक चिसो बढेको छ ।
चिसोले जनजीवन प्रभावित भएको छ,’ शसस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी निलकमल आचार्यले भने । उनका अनुसार चिसोका कारण मानिसको चहपहल घटेको छ ।
त्यस्तै एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ ।
बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताउनुभयो ।
बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँले सडक ढाकिएकोे छ ।






