श्रम मन्त्रालय भन्छ : ‘भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ आधारहीन हल्ला मात्रै !


प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार

‘भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य’ भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचार आधारहीन हल्ला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको जानकारीबिना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भयो भन्नेबारेमा मन्त्रालयले बुधबार स्पष्ट पार्ने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘यस सम्बन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो, यदि साँचो हो भने कसकसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने नै छौँ ’ प्रेस विज्ञप्तिमा लेखिएको छ|

आधारहीन हल्लाको पछि नलाग्न आग्रह गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘यहाँहरु एक जिम्मेवार नागरिकसमेत हुनुभएको हुँदा यसप्रकारको आधारहीन हल्लाको पछि लाग्नुहुने छैन भन्नेमा मन्त्रालय विश्वस्त रहेको व्यहोरासमेत अनुरोध गर्दछौँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com